पात्रो

रेडियो

समाचार खोजी

नेप्से परिसूचकमा पाँच दशमलव २९ अङ्कले घट्यो

साझा अर्थ संवाददाता १७ साउन २०८१, बिहिवार

काठमाडौँः सातको कारोबारको अन्तिम दिन आज  नेप्से घटेको छ  ।  नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा कायम भएको हो ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ कायम भएको । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१  हजार सात मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावर छन् ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु