काठमाडौंः नेप्सेमा आज ३५ दशमलब ५५ अंकले बृद्धी भएको छ । एक दिनको करेक्सनपछि मंगलवार नेप्से परिसूचक ३५ दशमलव ५५ अंक बढेर बन्द भएको हो ।
नेप्से परिसूचक आज २ हजार ६९६ दशमलव ६५ विन्दुमा पुग्यो । दिनभरनै तीब्र उताब चढावदेखिएको नेप्से न्यूनतम न्यून २ हजार ६०९ विन्दुसम्म झरेको थियो । आज नेप्से सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत , फ्लोट इन्डेक्स १ दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत वृद्धि भएको छ । ३२९ धितोपत्रको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटकमा रू. १७ अर्ब २६ करोड बराबरको कारोबार भएको छ ।
साझा अर्थ संवाददाता