पात्रो

रेडियो

समाचार खोजी

आय आर्जन बढाउन पार्क निर्माण

पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्य

साझा अर्थ संवाददाता १४ साउन २०८१, सोमवार

पोखराः पोखरा महानगरपालिका वडा नम्बर २१ मा उद्यान निर्माण गरिएको छ । वनपाले सामूदायिक वन समुहले पर्यापर्यटक प्रबर्धन गर्ने उद्देश्यले मनाकामना उद्यानको निर्माण गरको हो । 
पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको वन उपभोक्ता समितिका अध्यष कमल भूजेलले जानकारी दिनुभयो । गण्डकी प्रदेश वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयअन्तर्गत  डिभिजन वन कार्यालय कास्कीमार्पmत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष भुजेल को भनाई रहेको छ । 
भूजेलका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्याउने र पोखरा-२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रष्ट भवन र शौचालय निर्माण गरिएको थियो । पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूणर्, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृंखला एवं पोखरा बजारको एकैसाथ मनोरम दृष्यावलकोकन गर्न सकिन्छ । सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न  धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको छ । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१- ८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ । पार्कको निर्माणबाट स्थानीयको आयआर्जनमा मद्दत पुग्ने उपभोक्ता समितिको विश्वास रहेको छ ।

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ