अस्तव्यस्ततापछि बङ्गलादेशमा कपडा कारखाना खुले
काठमाडौंः बङ्गलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्युलाई खुकुलो बनाइएपछि तयारी पोशाक कारखाना र बैंकहरू पुनः खुलेका छन् । प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएका रिपोर्टअनुसार गत साताको हिंसामा कम्तीमा एक सय ८६ जनाको मृत्यु भएको एएफपीले जनाएको छ । शान्ति सुव्यवस्था कायम गर्न मुलुक वरपरका सहरहरूमा हजारौँ सैनिकले गस्ती गरिरहेका छन् र अधिकांश बङ्गलादेशी इन्टरनेटविहीन छन् । यद्यपि धेरै दिनको अनियन्त्रित हिंसापछि सडकहरू शान्त देखिनासाथ सरकारी अनुमति प्राप्त भएपछि बङ्गलादेशको आर्थिकरूपमा महत्त्वपूर्ण कपडा कारखाना पुनः सञ्चालन भएका छन् । कपडा उद्योगले बङ्गलादेशका लागि वार्षिक निर्यात राजस्वमा ५० अर्ब डलर उत्पन्न गर्छ । यस उद्योगबाट एच एन्ड एम, जारा, ग्याप र अन्य प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि कपडा सिलाउन लाखौँ युवा महिलाहरूले रोजगारी पाएका छन् । बङ्गलादेश गार्मेन्ट मेनुफेक्चरर्स एन्ड एक्सपोर्ट्स एसोसिएसनका प्रवक्ताले कपडा कारखानाहरूले ‘देशभर’ व्यवसाय पुनः सुरु गरेको बताए । हसिनाका गृहमन्त्री असदुज्जामान खान कपडा मजदुरहरूलाई काममा फर्कन अनुमति दिन जारी कर्फ्युबाट छुट दिन सहमत हुनुभएको एसोसिएसनका प्रवक्ताले बताए । केही व्यवसायलाई पुनः सुरु गर्न बुधबार करफ्युलाई खुकुलो पारिएको छ तर अधिकांश बङ्गलादेशीका लागि हरेक दिन १९ घन्टासम्म करफ्यु प्रभावकारी रहन्छ । सरकारका प्रवक्ता शिबली सादिकका अनुसार बैंक, राजधानी ढाकामा स्टक एक्सचेन्ज र केही सरकराी कार्यालय पनि स्टे होम अर्डरमा दैनिक ब्रेक मिलाउन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलेका छन् ।रासस
94
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो