पात्रो

रेडियो

समाचार खोजी

अर्थमन्त्री तथा सिबिफिनबीच छलफल

साझा अर्थ संवाददाता ९ साउन २०८१, बुधवार

काठमाडौँ : बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी समसामयिक विषयमा छलफल गरेको छ । परिसंघले बुधवार  अर्थमन्त्री पौडेलसाग भेटघाट गरी छलफल  गरेको हो ।
परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूणर् सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेको लगायतका विषय सिबिफिनले उठाएको थियो । 
छलफलका क्रममा अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त सुझाव ग्रहण गरी सृदृढ एवं आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा सहकार्यका लागि आग्रह गर्नु भएको थियो । सुषुप्त अवस्थामा रहेका मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीको समाधान र अपेक्षाको सम्बोधन गर्न सरकारले आवश्यक पहलकदमी लिने अर्थमन्त्री पौडेलल  उक्त अवसरमा आश्वासन दिनु भयएको थियो । बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानी हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्‍याउने कुनै गतिविधि क्षम्य नहुने पनि उत्तः अवसरमा अर्थमन्त्रीले बताउनु भएको थियो ।

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ