पात्रो

रेडियो

समाचार खोजी

त्रिभुवन विश्वविद्यालयलाई प्रभु बैंकको डिजिटल बोर्ड सहयोग

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार: प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ। शिक्षा क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्ने तथा डिजिटल शिक्षण सिकाई प्रक्रियालाई थप प्रभावकारी र अन्तर्क्रियात्मक बनाउने उद्देश्यले बैंकले यो सहयोग उपलब्ध गराएको हो। कीर्तिपुरमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्ट र मार्केटीङ म्यानेजर सबिन राणाले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रोफेसर भवानी शंकर आचार्य तथा डाक्टर सुनिता भण्डारीलाई उक्त डिजिटल बोर्ड हस्तान्तरण गर्नुभएको छ।

बबरमहलमा मुख्य कार्यालय रहेको प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। हाल यस बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६५ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ।

4 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु