पात्रो

रेडियो

समाचार खोजी

बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी साधन सन्चालनमा राेक

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

लमजुङ, १६ असार: मनसुजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि बेँसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गको लमजुङ खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार बेँसीसहर–चामे सडकको बेँसीसहरदेखि मनाङ सीमानासम्मको ३५ किलोमिटर खण्डमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी चल्न पाउने छैन। त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यद्यपि, अत्यावश्यक सवारीसाधन भने सञ्चालन गर्न दिइने सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताउनुभयो।

यो सडक लमजुङ र मनाङ जोड्ने एक मात्र सडक हो। बर्सेनि बर्खायाममा यस खण्डमा पहिरो गई सडक अवरुद्ध हुँदा मनाङबासी मर्कामा पर्दै आएका छन्। लामो समय सडक अवरुद्ध हुँदा स्थानीयले हेलिकप्टरमार्फत आवतजावत गर्न बाध्य हुनुपर्ने अवस्था छ। त्यस्तै, मध्यपहाडी लोकमार्गको बिमिरे भञ्ज्याङ क्षेत्रमा पनि पहिरोको समस्या रहेको छ। यो मार्ग मनाङ र लमजुङका स्थानीयले पोखरा जान–आउन प्रयोग गर्ने गर्दछन्। 

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्