पात्रो

रेडियो

समाचार खोजी

निर्जीवन बीमा कम्पनीहरूद्वारा जेठ मसान्तसम्म साढे ४ अर्बभन्दा बढी बीमाशुल्क संकलन

साझा अर्थ संवाददाता ११ असार २०८३, बिहिवार
समाचार सारांश
  • चालू आर्थिक वर्षको जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ५५ करोडभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।
  • शिखर इन्स्योरेन्सले ५६ करोड २६ लाखभन्दा बढी बीमाशुल्क संकलन गर्दै व्यावसायिक रूपमा अग्रस्थानमा रहेको छ।
  • लघु निर्जीवन बीमा कम्पनीहरूले पनि जेठ मसान्तसम्म ११ करोड ९६ लाखभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, ११ असार 

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ५५ करोड ८३ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा लघु बीमा कम्पनीहरू सहित निर्जीवन बीमा व्यवसाय गर्ने संस्थाहरूले कुल ३१ लाख ६ हजार ६ सय २२ वटा बीमालेख जारी गरेका छन्। जेठ महिनामा मात्रै कम्पनीहरूले ४१ करोड ८७ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दै २ लाख ७५ हजार ९ सय ७० वटा बीमालेख जारी गर्न सफल भएका छन्।

सञ्चालित कम्पनीहरूमध्ये व्यावसायिक रूपमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। शिखरले जेठ मसान्तसम्म २ लाख ९७ हजार ७ सय ३४ वटा बीमालेख जारी गरी ५६ करोड २६ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४७ करोड ७३ लाख ९२ हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४७ करोड ६० लाख ८ हजार रुपैयाँ संकलन गर्दै मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् भने राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम १४ करोड २५ लाख ६७ हजार रुपैयाँ मात्र संकलन गरेको छ।

यसैगरी, बजारमा भर्खरै सञ्चालनमा आएका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले पनि जेठ मसान्तसम्म कुल ११ करोड ९६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। लघु बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै ३ करोड ४० लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्सले सबैभन्दा कम २ करोड ७३ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

87 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु