पात्रो

रेडियो

समाचार खोजी

प्रतिनिधि सभामा ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक’ पेस

साझा अर्थ संवाददाता २८ जेठ २०८३, बिहिवार

काठमाडौँ, २८ जेठ :  मुलुकको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन र आर्थिक स्थायित्व कायम गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पेस भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो।

विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले मूल्य स्थायित्व कायम गर्न, शोधनान्तर स्थिति (बीओपी) सन्तुलनमा राख्न र नेपालको दिगो आर्थिक विकासका लागि समग्र वित्तीय प्रणालीलाई मजबुत बनाउन यो कानुनी सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले तीव्र रूपमा बिस्तार भइरहेको वित्तीय क्षेत्र, डिजिटल प्रविधिको बढ्दो प्रयोग र केन्द्रीय बैंकको परिमार्जित भूमिकाका कारण विद्यमान कानुनमा परिमार्जन गर्न लागिएको स्पष्ट पार्नुभयो। फेरिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय वातावरण अनुकूल ऐनलाई अद्यावधिक गर्न यो विधेयक ल्याइएको उहाँको भनाइ थियो।

विधेयक प्रस्तुत गर्नुअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना दर्ता नभएको जानकारी गराउनुभएको थियो। त्यसपछि सदनले सर्वसम्मतिले विधेयक पेस गर्न अनुमति दिएको थियो।

79 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्