काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै हुनु हुन्छ । भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले आज देखि जेठ २२ गते सम्म भारत भ्रमणमा जान लाग्नु भएको हो ।
रास्वपाले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारत भ्रमणकाक्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । नयाँ सरकार बनेपछी सत्तारुढ दलका सभापतिको यो भ्रमणलाई राजनैतिक र कुटनैतिक क्षेत्रबाट निक्कै चासोकासाथ हेरिएको छ ।