काठमाडौँ, १५ जेठः गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ले समारोहलाई सम्बोधन गर्ने परमपरा रहेपनि यस पटकको विशेष समारोहमा प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले नै सम्बोधन गर्नु भएको हो ।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले गणतन्त्रले देशका सम्पूर्ण नागरिकको राजनीतिक अधिकार सुनिश्चित गरेको र समुन्नत भविष्यका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्ने ऐतिहासिक अवसर प्रदान गरेको बताउनुभयो ।
गणतन्त्रको महत्वमाथि प्रकाश पार्दै उहाँले यो व्यवस्थाले सम्पूर्ण देशवासीलाई एकापसमा जोडेको छ र एक साझा राष्ट्र निर्माण गर्ने सङ्कल्पका लागि अभिप्रेरित गरेका बताउँदै उहाँले गणतन्त्रले नै प्रत्येक नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको वास्तविक स्वामित्व प्रदान गरेको स्पष्ट पार्नुभयो ।
समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह लगायत स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।