पात्रो

रेडियो

समाचार खोजी

हिमालयन पावर पार्टनरको ५०% हकप्रद सेयर आजदेखि खुला

साझा अर्थ संवाददाता १७ वैशाख २०८३, बिहिवार

काठमाडौँ : हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले ५० प्रतिशत हकप्रद सेयर निष्कासन आज वैशाख १७ गतेदेखि सुरु गरेको छ। कम्पनीले उक्त हकप्रद सेयर जेठ ६ गतेसम्म निष्कासन गर्ने जनाएको छ।

कम्पनीले १:०.५० अनुपातमा कुल १ करोड ५९ लाख ८१ हजार २५५ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य करिब ५३ करोड २७ लाख रुपैयाँ बराबर हुन्छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी बढेर करिब १ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले वैशाख १० गतेभन्दा अघि कायम रहेका सेयरधनीहरूलाई मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुने जनाएको छ।

उक्त हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु