पात्रो

रेडियो

समाचार खोजी

घान्द्रुकमा पर्यटकीय चहलपहल

साझा अर्थ संवाददाता ८ वैशाख २०८३, मङ्गलवार

गण्डकी, ८ वैशाखः कास्कीको अन्नपूर्ण गाउँपालकिा–१० र ११ स्थति रमणीय गाउँ घान्द्रुकमा यतबिेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरकि तथा बाह्य पर्यटकको आवतजावत बाक्लएिको हो ।     
     
 घान्द्रुक पर्यटन व्यवस्थापन समतिकिा अध्यक्ष वक्रिम गुरुङले सप्ताहन्तमा दैनकि एक हजारदेख िएक हजार २०० सम्म पर्यटक आउने गरेका जानकारी दनिुभयो । “अन्य दनिमा पन िछ–सात सय पर्यटक भत्रिरिहेका छन्”, उहाँले भन्नुभयो, “सरकारले सातामा दुई दनि बदिा दनिे नर्णिय गरेपछ िपर्यटकीय गतविधि िथप बढ्ने अपेक्षा लइिएको छ ।”     
     
 ॅसबै मौसममा पर्यटन’को मूलमन्त्रसहति स्थानीय पर्यटन व्यवसायीले घान्द्रुकको प्रवर्द्धन गर्दै आएका छन् । संस्कृत िर प्रकृतकिो सङ्गमस्थल माननिे घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलमा पर्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफरि गर्न आउनेमध्ये बढी भारतीय पर्यटक रहेको बताउनुभयो । यो याममा एकैदनिमा ८५६ जनासम्म वदिेशी पर्यटक यस क्षेत्रमा आएको उहाँको भनाइ छ ।     
     
 पछल्लिो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ, आन्तरकि पर्यटन पन िउत्तकिै फस्टाएको छ । चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थति पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । सडकको पहँच वस्तिारले घान्द्रुकमा आन्तरकि पर्यटकको आवतजावत पछल्लिो समय बढेको हो ।     
     
 अन्नपूर्ण गाउँपालकिा–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकलाई पर्यटन बजारमा बकिाइराख्न यहाँको मौलकिता र पहचिान जोगाउनुपर्ने बताउनुभयो । पछल्लिो समय तीव्र रूपमा नर्मिाण भइरहेका कङ्क्रटिका संरचनाले गाउँको मौलकि स्वरूप बगिारेको उहाँको भनाइ छ । परम्परागत सामग्री र शल्पि प्रयोग गरेर घर नर्मिाण गर्नेलाई गाउँपालकिाले अनुदानको नीत िल्याउन लागेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।     
     
 वसिं २०२६/२७ तरि स्थानीय शङ्करमान गुरुङले घान्द्रुकमा पर्यटनको जग बसाल्नुभएको थयिो । घान्द्रुक गाउँ अहलिे चल्तीको गन्तव्यका रूपमा देशीवदिेशीमाझ परचिति छ । बर्सेन िहजारौँ पर्यटकले यहाँ पाइला टेक्छन् । प्रकृत िर संस्कृतमिा रमाउँछन् । पर्यटकीय चहलपहल बढे पन िघान्द्रुकको असली पहचिान गुम्ने हो क िभन्ने परिलो गुरुङलगायत गाउँका अगुवालाई छ ।     
     
 घान्द्रुक उहलिेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरँिदो छ । नयाँ बनरिहेका संरचनाले गाउँको मौलकि स्वरुप भने खल्बलएिको छ । पर्यटकको आवतजावत बढेसँगै कराडौँ लगानीमा होटलदेख िरसिोर्टसम्म खुलेका छन् । आधुनकिताले गाउँको पुरानो चनिारीलाई वस्थिापति गर्दैछ ।     
     
 मौलकिता जोगाउन नसके घान्द्रुकको पर्यटनको भवष्यि पन िसङ्कटमा पर्ने देखेर स्वयं पर्यटन व्यवसायी पन िचन्तिति छन् । घान्द्रुकबाट नजकिै देखनिे अन्नपूर्ण र माछापुच्छ्रे हमिशृङ्ख्लाको दृश्य यहाँको मुख्य आकर्षण हो । घान्द्रुकको गाउँले परविेश र संस्कृतलिे पर्यटकलाई लोभ्याउने गरेको छ ।     
     
 पर्यटन व्यवस्थापन समतिकिा अनुसार घान्द्रुकमा रसिोर्टसहति ८० वटा होटल छन् भने पैतीस वटा घरबास छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । भारतीय, चनियिाँदेख ियुरोप, अमेरकिासम्मका पर्यटक यहाँ आउने गरेका छन् ।     
     
 अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शविरि, म्याग्दीको पुनहलि–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको वश्रिामस्थलका रुपमा समेत लइिन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेख िबरिेठाँटी, स्याउलीबजार, कञ्चिे हुँदै पाँच–छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकन्छि । मोटरमा पोखराबाट घान्द्रुक पुग्न दुई घण्टा लाग्छ ।रासस

43 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु