पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य फेरि बढ्यो

साझा अर्थ संवाददाता १५ चैत २०८२, आइतवार

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ । 

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

68 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ