पात्रो

रेडियो

समाचार खोजी

एनएमबि माइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन, प्रवर्द्धक–सर्वसाधारण अनुपात ५१ः४९ हुने

साझा अर्थ संवाददाता १० चैत २०८२, मङ्गलवार

काठमाडौँ : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो प्रवर्द्धक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै कम्पनीले हालको ६०ः४० अनुपातलाई ५१ः४९ मा रूपान्तरण गर्न लागेको हो।

हाल कम्पनीका ७२ लाख १४ हजार ४९२ कित्ता सेयर नेप्सेमा सूचीकृत छन्। यसअन्तर्गत प्रवर्द्धक समूहको ६० प्रतिशत अर्थात ४३ लाख २८ हजार ६९५ कित्ता र सर्वसाधारणको ४० प्रतिशत अर्थात २८ लाख ८५ हजार ७९७ कित्ता सेयर रहेको छ।

नयाँ संरचना अनुसार प्रवर्द्धक समूहको हिस्सा ५१ प्रतिशत अर्थात ३५ लाख ३५ हजार १०० कित्ता र सर्वसाधारणको हिस्सा ४९ प्रतिशत अर्थात ३५ लाख ३५ हजार १०० कित्ता कायम हुनेछ।

कम्पनीले जारी गरेको सूचनाअनुसार प्रवर्द्धक सेयरधनीहरूले नयाँ संरचनाअनुसार आफ्नो सेयर कायम राख्न चाहेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्नेछ। हाल कम्पनीको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँ रहेको छ।

106 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ