पात्रो

रेडियो

समाचार खोजी

विकास खर्च सुस्त: आठ महिनामा बजेट उपयोग १९.२४ प्रतिशत मात्र

साझा अर्थ संवाददाता २ चैत २०८२, सोमवार

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो आठ महिनामा सरकारले विकास बजेट खर्च अपेक्षाकृत कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्त अर्थात् मार्च १४ सम्ममा सरकारले पूँजीगत बजेटको जम्मा १९.२४ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १ खर्ब ९६ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको थियो। उक्त बजेटमध्ये हालसम्म ९२ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ खर्च भइसकेको छ, जुन वार्षिक बजेटको ४७.१८ प्रतिशत हो।

चालु खर्चतर्फ भने खर्चको दर तुलनात्मक रूपमा उच्च देखिएको छ। सो शीर्षकअन्तर्गत सरकारले विनियोजित बजेटको ५४.३७ प्रतिशत खर्च गरिसकेको तथ्यांकले देखाउँछ।

यस्तै, पूँजीगत शीर्षकअन्तर्गत विनियोजित ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँमध्ये समीक्षा अवधिमा जम्मा १९.२४ प्रतिशत मात्रै खर्च भएको छ।

वित्त व्यवस्थापनतर्फ भने खर्चको दर ५४.८९ प्रतिशत पुगेको छ। यस शीर्षकअन्तर्गत विनियोजित ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँमध्ये हालसम्म २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ खर्च भइसकेको छ।

यसैबीच, राजस्व संकलन पनि वार्षिक लक्ष्यको झण्डै आधामा पुगेको छ। चालु आर्थिक वर्षका लागि सरकारले १ खर्ब ५३ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म ७६ खर्ब ५१ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ, जुन वार्षिक लक्ष्यको ४९.८९ प्रतिशत हो।

111 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु