पात्रो

रेडियो

समाचार खोजी

नवीकरण नगरेपछि राष्ट्र बैंकद्वारा सुविधा मनि चेन्जरको इजाजतपत्र खारेज

साझा अर्थ संवाददाता १ चैत २०८२, आइतवार

काठमाडौँ :
नेपाल राष्ट्र बैंकले सुविधा मनि चेन्जरको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगरेकाले उक्त मनि चेन्जरको अनुमति रद्द गरिएको जनाएको हो।

राष्ट्र बैंकका अनुसार बैंकबाट मनि चेन्जर कारोबार सञ्चालन गर्न इजाजतपत्र प्राप्त गरेका केही संस्थाले समयमै नवीकरण प्रक्रिया पूरा नगरेपछि कारबाही गरिएको हो। सोही कारणले सम्बन्धित मनि चेन्जरको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले राष्ट्र बैंक, मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार तोकिएको समयसीमाभित्र नवीकरण नगरेका कारण इजाजतपत्र रद्द गरिएको जनाएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा विनियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा नगर्ने मनि चेन्जरको इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको उल्लेख गरिएको छ।

75 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ