नेपाल धितोपत्र बोर्ड (सेबोन) ले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) को हकप्रद सेयर निष्कासन प्रस्तावलाई स्वीकृति दिएको छ। सेबोनले माघ २७, २०८२ मा कम्पनीको उक्त प्रस्तावलाई अनुमति दिएको हो।
स्वीकृति अनुसार कम्पनीले हालका सेयरधनीहरूका लागि १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले १ः०.१० अनुपातमा २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ, जसको कुल मूल्य २३ करोड १० लाख रुपैयाँ रहेको छ।
हाल युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद सेयर निष्कासन तथा समायोजनपछि कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुग्नेछ। उक्त हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
नेप्सेमा अन्तिम कारोबार मूल्य अनुसार, युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४६४ रुपैयाँमा बन्द भएको छ।