पात्रो

रेडियो

समाचार खोजी

हिमालयन हाइड्रोपावरलाई १:१ हकप्रद सेयर निष्कासनका लागि ईआरसीको सैद्धान्तिक स्वीकृति

साझा अर्थ संवाददाता २३ माघ २०८२, शुक्रवार

काठमाडौं, माघ २३, २०८२ — हिमालयन हाइड्रोपावर लिमिटेड (HHL) ले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोग (Electricity Regulatory Commission–ERC) बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि २०८० वैशाख २१ गते आयोगमा आवेदन पेश गरेको थियो।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ करोड ९ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित हकप्रद सेयर समायोजनपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

हकप्रद सेयर निष्कासनमार्फत संकलित रकम जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गर्न तथा निर्माणसँग सम्बन्धित बाँकी दायित्व भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर निष्कासन गर्नेछ। हाल नेप्सेमा हिमालयन हाइड्रोपावरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ ६० पैसामा कायम रहेको छ।

299 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु