पात्रो

रेडियो

समाचार खोजी

१५.५३ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो एजीएम

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांस दिने भएको छ ।  बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बार्षिक साधारण सभामा पेश गर्नेछ । लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  

बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी बृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

360 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ