पात्रो

रेडियो

समाचार खोजी

एनआरएनएको १२औँ विश्व सम्मेलन तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन

साझा अर्थ संवाददाता १६ माघ २०८२, शुक्रवार

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ।
परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रालयले समिति गठन गरेको हो।
सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले गठन गरिएको समितिको अध्यक्षतामा माननीय परराष्ट्र मन्त्री रहनुभएको छ। समितिमा सरकारका सम्बन्धित मन्त्रालय, निजी क्षेत्र तथा गैर आवासीय नेपाली संघका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिएको छ।
आयोजक समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव तथा आर्थिक कूटनीति महाशाखाका सह–सचिव रहेका छन्।
यसैगरी, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिषद्का अध्यक्ष र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष समितिमा सदस्यका रूपमा सहभागी छन्। गैर आवासीय नेपाली संघका तर्फबाट अध्यक्ष डा. बद्री के.सी., अध्यक्ष महेश कुमार श्रेष्ठ तथा संघका प्रमुख कार्यकारी अधिकृत पनि समितिमा समेटिएका छन्।
समितिले विश्व सम्मेलनको समग्र तयारी, कार्यक्रम व्यवस्थापन, सरोकारवाला निकायबीच समन्वय तथा आवश्यक निर्णयहरू कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ।

24 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ