पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । वित्तीय संस्थाले ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको  ५३ हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

लघुवित्तले यसअघि संस्थापकले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा राखेको थियो । तर ३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरिएको हो ।

यो सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजातसहित ७ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ