पात्रो

रेडियो

समाचार खोजी

डोल्टी पावर र भूगोल एनर्जीका राइट शेयर प्रस्ताव नेपाल धितोपत्र बोर्डको प्राथमिक समीक्षा सूचीमा

दुवै कम्पनीले करिब एक अर्ब रुपैयाँ बराबरका राइट शेयर निष्कासन गर्न तयारी, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल

साझा अर्थ संवाददाता ९ माघ २०८२, शुक्रवार

काठमाडौं, ९ माघ २०८२ |  नेपाल धितोपत्र बोर्डले डोल्टी पावर कम्पनी लिमिटेडभूगोल एनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड का राइट शेयर प्रस्तावहरूलाई प्राथमिक समीक्षा सूचीमा समावेश गरेको छ।

डोल्टी पावर कम्पनीले मंसिर २५ गते धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको हो। कम्पनीले आफ्ना विद्यमान सेयरधारकहरूलाई ९६.१८ प्रतिशत अनुपातमा राइट शेयर जारी गर्ने योजना बनाएको छ। यसअन्तर्गत कम्पनीले ५१ लाख ५९ हजार ८६० कित्ता (१:०.९६१८) राइट शेयर निष्कासन गर्न प्रस्ताव गरेको छ, जसको मूल्य रु. ५१ करोड ५९ लाख बराबर हुनेछ।

हाल कम्पनीको चुक्तापुँजी रु. ५३ करोड ६४ लाख रहेको छ, र राइट शेयर जारीपछि चुक्तापुँजी बढेर करिब रु. १ अर्ब ५ लाख पुग्नेछ। यस्तै, भूगोल एनर्जी डेभलपमेन्ट कम्पनीले पुस ९ गते बोर्डमा आफ्नो प्रस्ताव दर्ता गरेको हो। कम्पनीले ८८.६६ प्रतिशत अनुपातमा राइट शेयर जारी गर्ने योजना बनाएको छ। प्रस्तावअनुसार कम्पनीले ४८ लाख २३ हजार ८४० कित्ता (१:०.८८६६) राइट शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य करिब रु. ४८ करोड २३ लाख हुनेछ।

यसपछि कम्पनीको चुक्तापुँजी हालको रु. ५४ करोड ४० लाखबाट बढेर करिब रु. १ अर्ब २ लाख पुग्ने अनुमान छ।दुवै कम्पनीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

38 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ