पात्रो

रेडियो

समाचार खोजी

प्रीमियर डिस्टिलरीले आईपीओ ल्याउने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

२२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तयारी, मदिरा उद्योगमा नयाँ लगानीको संकेत

साझा अर्थ संवाददाता ९ माघ २०८२, शुक्रवार
समाचार सारांश

 

  • प्रिमियर डिस्टिलरीले २२.५ लाख कित्ता साधारण शेयर आईपीओमार्फत सार्वजनिक गर्ने तयारी।

  • सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त।

  • कम्पनीले आत्मनिर्भर मदिरा उद्योग विकासमा योगदान दिइरहेको दाबी।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं, ९ माघ २०८२ | 

प्रीमियर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) जारी गर्ने भएको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। सम्झौता माघ ६ गते काठमाडौंको थापाथलीस्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको हो।

दुहवी, सुनसरीमा सन् २०१२ मा स्थापना भएको यो कम्पनीले रु. १ अर्बभन्दा बढी लगानीमा सञ्चालन गरेको अत्याधुनिक मदिरा उत्पादन उद्योग हो। कम्पनीले भोड्का, ह्विस्की, रम र जिन जस्ता पेय पदार्थमा प्रयोग हुने ग्रेन–आधारित एक्स्ट्रा न्यूट्रल अल्कोहल (GENA) उत्पादन गर्छ। अत्याधुनिक अटोमेटेड बोटलिङ लाइन र गुणस्तर नियन्त्रित प्रणालीका साथ सञ्चालनमा रहेको यो उद्योगले देशकै मदिरा उत्पादन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ।

कम्पनीले आफ्नै ब्रान्डका साथै देशभरका अन्य बोटलिङ उद्योगहरूलाई पनि कच्चा पदार्थ आपूर्ति गर्दै आएको छ। यसले आयातमा निर्भरता घटाउन र आत्मनिर्भरता बढाउन योगदान पुर्‍याएको कम्पनीको दाबी छ। यसको उत्पादन सूचिमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की र ‘ओल्ड मङ्क’ रम जस्ता ब्रान्डहरू रहेका छन्, जसमा भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता गरिएको छ।

नेपालमा हाल वार्षिक करिब रु. ३० अर्ब बराबरको मदिरा उत्पादन हुने गरेको छ, जसको करिब ८० प्रतिशत स्थानीय उद्योगबाटै आपूर्ति हुने उद्योग संगठनका तथ्यांकले देखाउँछ। 

61 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ