पात्रो

रेडियो

समाचार खोजी

नेको इन्स्योरेन्सले १५.७८ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता २ माघ २०८२, शुक्रवार

काठमाडौंः नेको इन्स्योरेन्स लिमिटेडले १५.७८ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांस दिने घोषणा गरेको हो । 
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनामाफबाट चुक्ता पूँजिको १५.७८ प्रतिशत लाभांस दिने निर्णय गरेको कम्पनीले जनाएको छ । उक्त प्रतिशत मध्ये ३ प्रतिशत बोनस शेयर तथा करप्रयोजन समेतकालागि १२ दशमलब ७८ प्रतिशत नगद लाभांस दिने  बैठकले निर्णय गरेको छ । उक्त लाभांस विमा प्राधिकरणबाट स्वीकृति पश्चात कम्पनीको साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले प्राप्त गर्ने छन् ।

75 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु