पात्रो

रेडियो

समाचार खोजी

सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिँदै सलिको

साझा अर्थ संवाददाता ३० पुष २०८२, बुधवार

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको मङ्गलबार राजधानीमा सम्पन्न २९ औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीले खुद ५० करोड दुई लाख ४८ हजार ५२३ मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो । जुन गत अघिल्लो आ.व २०८०÷८१ को तुलनामा ८.५२ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ ।

गत वर्षको दाबी भुक्तानी दुई अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६१४ रुपियाँको तुलनामा यस आ.व मा तीन अर्ब ६२ करोड ५१ लख ५५ हजार २५५ को दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । आउँदा वर्षहरुमा पनि ग्राहकहरुलाई उच्च सेवा दिने लक्ष्य सहित अगाडी बढेको कम्पनीले जनाएको छ ।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ