पात्रो

रेडियो

समाचार खोजी

शुभम पावरको प्रवर्द्धक, स्थानीय र कर्मचारी सेयरको लक–इन अवधि माघ २६ मा सकिँदै

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

२०८२ पुस २४, काठमाडौं |  शुभम पावर लिमिटेड (एसपीएल) ले प्रवर्द्धक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीका नाममा रहेको सेयरको लक–इन अवधि समाप्त हुन लागेको सम्बन्धमा सूचना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार माघ २६ गते, २०८२ देखि उक्त वर्गका सेयरमा लगाइएको लक–इन अवधि समाप्त हुनेछ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा हालै जारी गरिएको निर्देशिकाअनुसार कम्पनीले लगानीकर्ता तथा सरोकारवालालाई जानकारी गराएको हो। आईपीओ बाँडफाँट भएको तीन वर्ष पूरा भएसँगै प्रवर्द्धक, स्थानीय तथा कर्मचारी सेयरको लक–इन अवधि अब अन्त्य हुन लागेको कम्पनीले जनाएको छ।

हाल शुभम पावरको कुल २० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन्। तीमध्ये १४ लाख कित्ता प्रवर्द्धक समूहको, १९ हजार ४२० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको र ११ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीको नाममा रहेको छ। यी सबै सेयरमा आईपीओ बाँडफाँटपछि लक–इन अवधि लागू गरिएको थियो।

कम्पनीको सूचनाअनुसार सञ्चालक समिति सदस्य तथा उच्च व्यवस्थापन तहका कर्मचारीको नाममा रहेको सेयर भने लक–इन अवधि सकिएपछि पनि दोस्रो बजारमा कारोबार गर्न नपाइने व्यवस्था यथावत् रहनेछ। नेप्सेमा मंगलबारको कारोबारमा शुभम पावरको सेयर मूल्य प्रतिकित्ता ८४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

124 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ