काठमाडौँ, पुस २१ | दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा (एजीएम) कोरम नपुगेपछि स्थगित भएको छ। कम्पनीले पुस २१, २०८२ मा काठमाडौँको त्रिपुरेश्वरस्थित दर्ता कार्यालयमा आयोजना गर्ने तय गरिएको साधारणसभामा कम्पनी ऐन, २०६३ तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीअनुसार आवश्यक शेयरधनीको उपस्थिति नपुगेपछि सभा सञ्चालन हुन नसकेको जनाएको छ। कोरम अभावका कारण साधारणसभा स्थगित गरिएको र स्थगित सभाको नयाँ मिति छिट्टै सार्वजनिक गरिने कम्पनीले औपचारिक रूपमा जानकारी दिएको छ।