काठमाडौं, पुस २१
पुस २१ गते, सोमबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्न सकिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी तीनै कम्पनीहरूले भोलि अर्थात् पुस २२ गते बुकक्लोज गर्ने जनाएका छन्। यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।