पात्रो

रेडियो

समाचार खोजी

एनआइसी एशिया बैंकद्वारा ५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव, राष्ट्र बैंकसँग पूर्वस्वीकृति माग

नवराज शिवाकोटी २० पुष २०८२, आइतवार

एनआइसी एशिया बैंक लिमिटेडले सेयरधनीलाई २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैंकसँग औपचारिक रूपमा पूर्वस्वीकृति माग गरिसकेको छ।

बैंकको पुस २० गते सम्पन्न सञ्चालक समितिको ७४६औँ बैठकले हाल कायम १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसअनुसार बैंकले ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ।

उक्त हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ।

बैंकले प्रस्ताव गरेको हकप्रद सेयर निष्कासन नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउने जनाएको छ।

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

नवराज शिवाकोटी

उहाँले साझा अर्थको विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ।

साझा अपडेटस्
साझा ट्रेन्डिङ