काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको कारोबारको अन्तिम दिन झण्डै ६० अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक विहिवार ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेको हो ।
बुधवार नेप्से २ हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।
कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भएको छ । विष्णु पौडेल अर्थमन्त्री भएसँगै लगानी कर्ताको गुमेको विश्वास पूनः फिर्ता हुन लागेको संकेत नेप्सेको बृद्धिले गरेको विश्लेषकहरुको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता