पात्रो

रेडियो

समाचार खोजी

टी–२० विश्वकप ट्रफी टुर जनवरीको पहिलो साता नेपालमा

साझा अर्थ संवाददाता १६ पुष २०८२, बुधवार

१६ पुस, काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म सञ्चालन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले जारी गरेको विज्ञप्तिअनुसार ट्रफी टुरसम्बन्धी विस्तृत कार्यक्रम, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।

ट्रफी टुरका क्रममा नेपाली क्रिकेटप्रेमीहरूले विश्वकप ट्रफीलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। क्यानका अनुसार टी–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो। यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी नेपाल ल्याई काठमाडौं र पोखरामा प्रदर्शन गरिएको थियो।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुरको शुभारम्भ गरिएको जनाइएको छ।

 
 
101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ