पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्र बैंकद्वारा फेरि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी

साझा अर्थ संवाददाता १६ पुष २०८२, बुधवार

काठमाडौं, पुस १६, २०८२ :  नेपाल राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यसअघि गत सोमबार मात्र २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको थियो भने आज पुनः सोही परिमाणको ऋणपत्र जारी गर्न लागेको हो। राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने जनाएको छ। उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन्।

ऋणपत्रका लागि आज मध्याह्न २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गर्न सकिनेछ। बोलकबोल प्रक्रियामार्फत नै यस ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एक वर्षे अवधिको ऋणपत्र हो। यसको सावाँ भुक्तानी २०८३ पुस १६ गते हुने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। उक्त ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।

 

108 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ