पात्रो

रेडियो

समाचार खोजी

मुक्तिनाथ कृषि कम्पनीको ५ लाख ६० हजार बोनस सेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता १५ पुष २०८२, मङ्गलवार

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (एमकेसीएल) का ५ लाख ६० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश पारित गर्न कात्तिक २१ गते सम्पन्न सातौँ वार्षिक साधारण सभाबाट ८ दशमलव ४२ प्रतिशत लाभांश स्वीकृत गरेको थियो। स्वीकृत लाभांशअनुसार कम्पनीले ८ प्रतिशत बोनस सेयर तथा करसहित ० दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार जारी गरिएका ८ प्रतिशत बोनस सेयर बराबरका ५ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएका हुन्। सूचीकृत भएसँगै ती सेयर कारोबारका लागि खुला भएका छन्। सोमबारसम्म कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ३ सय ६६ रुपैयाँ ६० पैसामा रहेको छ।

 
 
126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ