पात्रो

रेडियो

समाचार खोजी

तेरथुम पावर कम्पनीले लालुपाते जलविद्युतमा लगानी गर्ने निर्णय

साझा अर्थ संवाददाता १३ पुष २०८२, आइतवार

काठमाडौँ, पुस १३ – तेरथुम पावर कम्पनी लिमिटेडले लालुपाते जलविद्युत कम्पनी लिमिटेडमा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको पुस ११ गते बसेको ६४औँ सञ्चालक समितिको बैठक (साँझ ३ बजे) मा यो निर्णय स्वीकृत गरिएको हो। सञ्चालक समितिको निर्णय र आठौं वार्षिक साधारणसभाबाट प्राप्त अनुमतिअनुसार कम्पनीले लालुपाते जलविद्युत कम्पनी लिमिटेडका १ लाख कित्ता सेयर, प्रत्येकको नाममूल्य १०० रुपैयाँ, खरिद गर्नेछ।

लालुपाते जलविद्युत हाल मनाङ जिल्लाको नासो गाउँपालिका–२ मा ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजना विकास गर्दैछ। उक्त आयोजनाले आवश्यक सर्वेक्षण तथा उत्पादन अनुमति प्राप्त गरिसकेको छ र आगामी कात्तिक ५, २०८४ बाट व्यावसायिक सञ्चालन सुरु गर्ने योजना बनाएको छ।

निर्माण प्रगति र आयोजना बजेट सन्तोषजनक रहेको मुल्यांकनपछि तेरथुम पावरले लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ