पात्रो

रेडियो

समाचार खोजी

तीस हजार पर्यटकद्वारा महोत्सवको अवलोकन

साझा अर्थ संवाददाता १३ पुष २०८२, आइतवार

भक्तपुर: भक्तपुरमा परम्परागत रूपमा माटोको भाँडा बनाउने ऐतिहासिक पोटरी स्क्वायरमा आयोजना भएको दुईदिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) गए राति सम्पन्न भएको छ ।

एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबारबाट सुरु गरेको महोत्सवमा दुई दिनमा विदेशी तथा स्वदेशी गरी ३० हजारभन्दा बढी पर्यटकको आगमन भएको महोत्सवका संयोजक उकेश प्रजापतिले जानकारी दिनुभयो । भक्तपुरको तालाको क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण ठाउँ रहेको पोटरी स्क्वायरमा माटो तथा काष्टकला, हस्तकलालगायतका विभिन्न सामान निर्माण गरेको प्रत्यक्ष अवलोकन गर्न तथा स्थानीय परिकारको स्वाद चाख्न विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको उहाँले जानकारी दिनुभयो । 

भक्तपुर नगरपालिकाले विदेशी पर्यटकको मात्र भर नपरी आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि जोड दिन आवश्यक ठानेर आयोजना गरेको कार्यक्रममा शनिबार रातिसम्म सांस्कृतिक कार्यक्रम एवं कन्सर्टको आयोजना गरिएको छ । मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय खाद्य, विभिन्न स्थानीय परिकार, कृषि, माटाका भाँडाकुँडाको स्टल तथा प्रदर्शनी, सांस्कृतिक नाच र सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ