पात्रो

रेडियो

समाचार खोजी

ब्रह्मज्योति होल्डिङ्सले मौज्दात शेयरधनीलाई रिजर्भ शेयरको आवेदन आह्वान

साझा अर्थ संवाददाता ४ पुष २०८२, शुक्रवार

काठमाडौं । ब्रह्मज्योति होल्डिङ्स लिमिटेडले आफ्ना मौज्दात शेयरधनीलाई रिजर्भमा राखिएका शेयरको लागि आवेदन दिन आह्वान गरेको छ।

कम्पनीको मंसिर २८, २०८२ मा सम्पन्न सञ्चालक समितिको बैठकले आफ्नै सहायक कम्पनी झिलिमिली हाइड्रोपावर प्रा. लि. मार्फत गुल्मीको गुलाङ्दी खोला सानो जलविद्युत परियोजना (९८० किलोवाट) को रिजर्भ फण्डमा राखिएका शेयर मौज्दात शेयरधनीलाई प्रदान गर्ने निर्णय गरेको हो।

आवेदन दिन चाहने मौज्दात शेयरधनीहरूले सूचनाप्रकाशन मितिबाट २१ दिन भित्र आवेदन पेश गर्नुपर्नेछ। कम्पनीले यो पनि स्पष्ट पारेको छ कि यदि तोकिएको अवधिमा आवेदन प्राप्त भएन वा शेयर दाबी भएन भने ती शेयर अन्य इच्छुक व्यक्तिहरू वा संस्थाहरूसँग बिक्री गर्न सकिनेछ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ