काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड (एमकेजेसी) ले वार्षिक साधारणसभाको प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ।
कम्पनीको पुस ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले १२औँ वार्षिक साधारणसभा पुस २८ गते, २०८२ दिउँसो १२ः३० बजे काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त बैठकले हाल कायम चुक्ता पूँजी ३७ करोड ६३ लाख १९ हजार ८०० रुपैयाँका आधारमा शेयरधनीलाई १ः०.७० अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ। प्रस्तावित हकप्रद शेयर निष्कासनसम्बन्धी विषय आगामी साधारणसभामा छलफल तथा अनुमोदनका लागि प्रस्तुत गरिनेछ।
कम्पनीले आगामी साधारणसभाको प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा सो मितिसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन पाउनेछन्।
उल्लेखनीय छ, हकप्रद शेयर निष्कासन विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
लेख तयार पार्दासम्म मैलुङ खोला जलविद्युत कम्पनीको पछिल्लो कारोबार मूल्य प्रतिकित्ता ५१६ रुपैयाँ रहेको छ।