पात्रो

रेडियो

समाचार खोजी

सूर्योदय वोमी लघुवित्तले आ.व. २०८१/८२ का लागि लाभांश नदिने

साझा अर्थ संवाददाता ४ पुष २०८२, शुक्रवार

काठमाडौं । सूर्यदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको पुस ३ गते, २०८२ मा सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यद्यपि, उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

लेख तयार पार्दासम्म सूर्यदय वोमी लघुवित्तको पछिल्लो कारोबार दिनको अन्तिम शेयर मूल्य प्रतिकित्ता ६९२ रुपैयाँ ९० पैसा रहेको छ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्