पात्रो

रेडियो

समाचार खोजी

सलापा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न

साझा अर्थ संवाददाता ४ पुष २०८२, शुक्रवार

काठमाडौं । सलापा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड आज पुस ४ गते, २०८२ मा सम्पन्न गरेको छ।

कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको छ। सो मध्ये ३३ प्रतिशत अर्थात् १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिएको हो। सर्वसाधारण समूहअन्तर्गत १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि मंसिर २५ गतेदेखि मंसिर २९ गते, २०८२ सम्म निष्कासन गरिएको थियो।

यसैगरी, सर्वसाधारण समूहको कुल निष्कासनमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको उक्त आईपीओमा कुल ६७ हजार ६३७ वटा वैध आवेदनबाट ११ लाख ११ हजार ११० कित्ता शेयरको माग परेको थियो। यस क्रममा २ वटा आवेदन (२० कित्ता) अयोग्य ठहर गरिएको छ।

बाँडफाँड मोड्युलअनुसार १७ हजार २३८ जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ भने बाँकी ८ जनालाई गोलाप्रथामार्फत १ कित्ताका दरले शेयर प्रदान गरिएको छ।

आईपीओको नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरोशेयर तथा निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको माध्यमबाट हेर्न सकिनेछ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि न्यूनतम आवेदन परिमाण १० कित्ता र अधिकतम २५ हजार कित्ता तोकिएको थियो।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले सलापा विकास बैंकलाई ‘IRN B (Is)’ [सिंगल बी – इश्यूअर] रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।

नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको विकास बैंकको इजाजत प्राप्त सलापा विकास बैंक लिमिटेड खोटाङ जिल्लामा आधारित एक जिल्ले क्षेत्रीय बैंक हो। बैंकको ६ वटा शाखा र एक मुख्य कार्यालय रहेको छ। २०१२ जुलाई १६ मा स्थापना भएको बैंकले सोही वर्षदेखि व्यावसायिक कारोबार सुरु गरेको हो। विभिन्न पृष्ठभूमिका व्यक्तिहरूबाट प्रवर्द्धन गरिएको बैंकमा सन् २०२४ अक्टोबर मध्यसम्म प्रमुख शेयरधनीका रूपमा धनप्रसाद राई (०.६१ प्रतिशत) र मनीन्द्र राई (०.५० प्रतिशत) रहेका छन्। बैंकको चुक्ता पूँजी ३५ करोड रुपैयाँ रहेको छ, जुन पूर्ण रूपमा प्रवर्द्धक शेयरधनीको स्वामित्वमा रहेको छ।

167 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ