काठमाडौँ । क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले बीस लाख रुपियाँ सहयोग प्रदान गरेको छ ।
भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग उपलब्ध गराएको हो ।
सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्जय जोशीले विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभयो । कोषमा पुर्याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।