काठमाडौंः बुधवार नेप्से परिसूचकमा ५४ दशमलब ०४ अंको बृद्धि बृद्धि भएको छ । यो बृद्धि सँगै नेप्से २३६४.६३ विन्दुमा पुगेको छ ।
बुधवार सेन्सेटिभ इण्डेक्स १०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५५ अंक बढेको छ । आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बरावरको शेयर कारोबार भएको छ जुन विगत ३५ महिना यताकै उच्च हो । विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानी कर्ता उत्साहित हुँदाको परिणाम नेप्सेमा उछाल आएको विश्लेषकहरुको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता