पात्रो

रेडियो

समाचार खोजी

सेयरधनीलाई माउन्टेन इनर्जी नेपालको २१ प्रतिशत लाभांश

साझा अर्थ संवाददाता २९ मंसिर २०८२, सोमवार

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको राजधानीमा सम्पन्न बा¥हौं वार्षिक साधारणसभामा यस्तो प्रस्तावलाई पारित गरिएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेसँगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
साधारणसभाले कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१÷८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार कम्पनीको आर्थिक वर्ष २०८२÷८३ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गरि निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । साथै सभाले प्रबन्धपत्र तथा नियमाबलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ ।
अहिले कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र पाँच मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।

79 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ