काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पोषकराज पौडेल पुनः नियुक्त हुनुभएको छ । कम्पनीको मङ्सिर १० गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागु हुने गरी आगामी चारबर्से कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएका पौडेल कम्पनीमा २०७४ सालदेखि नै प्रमुख कार्यकारी अधिकृत रहँदै आउनुभएको छ । पौडेलले कम्पनीलाई छोटो अवधिमै प्रतिस्पर्धी र बलियो बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।