काठमाडौँ । नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा अवस्थित क्युरा हेल्थ प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौताबमोजिम बैङ्कका कर्मचारीलाई र खाता रहेका ग्राहकलाई प्याथोलोजी ल्याबका विविध सेवाका लागि निःशुल्क होम डेलिभरीको सुविधासहित र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने छ ।
सम्झौतापत्रमा बैङ्कका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभयो ।