काठमाडौः मंगलबार नेप्सेमा ७० दशमलब १८ अंकको बृद्धि भएको छ । यो सँगै नेप्से २३१० दशमलब ५९ अङ्कमा पुगेको छ ।
कारोवारका हिसाबले ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ ।
सोमबार घटेको नेप्सेको आजको बृद्धिले लगानी कर्ता उत्साहित भएको बुझ्न सकिन्छ । शेयर बजारप्रति उदार एबं गभर्नरसँग पनि ट्युनिङ मिल्ने अर्थमन्त्री विष्णु पौडेलले पदबहाली गरेपछि लगानी कर्तामा आशा जागेर कारोवारमा बद्धी भएको विश्लेषकहरुको भनार्ई रहेको छ ।
साझा अर्थ संवाददाता