काठमाडौं । सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्नुपर्ने भएको छ ।
नेपाल धितापत्र बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण संगठित सेयरधनीहरुलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने भएको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र निष्कासन तथा बाण्डफण्ड निर्देशिका, २०६९८ को दशौं संशोधन पारित गरी लागू गरेको छ । बोर्डले सार्वजनिक सूचना जारी गर्दै निस्कासन तथा बाण्डफण्ड निर्देशिका, २०६९ मा आवश्यक परिमार्जन गर्दै ‘धितोपत्र निष्कासन तथा बाण्डफण्ड (दशौं संशोधन) निर्देशिका, २०८२’८८ लाई स्वीकृति प्रदान गरेको हो ।
बोर्डले जारी गरेको संशोधित निर्देशिका अनुसार, पुरानो संरचनामा रहेका केही प्रावधानहरूलाई स्पष्ट र अद्यावधिक गर्दै सेयरधनीलाई बाँडफाँड गर्ने बोनस सेयर र कुल पुँजीगत संरचना सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाएको छ ।
संशोधित निर्देशिकामा विशेष प्रावधानका रूपमा बोर्डमा धितोपत्र दर्ता गरिएका सबै सूचीकृत संस्थाहरूले सेयरधनीलाई वितरण गर्नुपर्ने बोनस सेयर र नगद लाभांशको समायोजन सम्बन्धी विवरण धितोपत्र बजारमा सूचीकृत संस्थाले नै आवश्यक भुक्तानी मिलाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
बोर्डका अनुसार, दर्ता शुल्क, बोनस वितरण तथा लाभांश समायोजन प्रक्रियामा देखिएका व्यवहारिक चुनौतीहरू समाधान गर्ने उद्देश्यले संशोधन गरिएको बोर्डले जनाएको छ ।