पात्रो

रेडियो

समाचार खोजी

८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति

साझा अर्थ संवाददाता ७ मंसिर २०८२, आइतवार

काठमाडौं । नबिल बैङ्कलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिइएको छ । नेपाल धितोपत्र बोर्डले बैङ्कलाई उक्त सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।
बोर्डले ‘आठ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्न अनुमति दिएको हो । बैङ्कले प्रति कित्ता एक सय रुपियाँ दरका पाँच करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो । बैङ्कले उक्त सेयर निष्कासनको लागि यस अघि नै बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।
बैङ्कले निष्कासन गरेको उक्त सेयर आम सर्वसाधारणले खरिद गर्न पाउने छैनन् । यसैगरी धितोपत्र बोर्डबाट अनुमति पाएका संस्थाले पनि उक्त सेयरमा आवेदन दिन पाउने छैनन् । संस्थागत लगानीकर्ताले मात्रै उक्त सेयरमा आवेदन दिन पाउँछन् ।
खासगरी २००७–०९ को विश्वव्यापी वित्तीय संकटको अनुभवपश्चात् वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन यस्तो उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएको परिप्रेक्ष्यमा नेपालमा भने पहिलोपटक निष्काशन हुन लागेको बोर्डले जनाएको छ ।
बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैङ्क वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्काशनको अनुमति प्रदान गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
यो उपकरण दोस्रो बजारमा सूचिकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्ने बोर्डले जनाएको छ । अग्राधिकार सेयरधनीमा निहित अधिकारहरू भने विवरणपत्रमा कम्पनीले उल्लेख गरे बमोजिम हुने बताइएको छ ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ