पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा नबिल बैङ्कको ऋणपत्र सूचीकृत

साझा अर्थ संवाददाता २९ कार्तिक २०८२, शनिवार

काठमाडौं । नबिल बैङ्कको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक सात प्रतिशत ब्याजदर पाइने बैङ्कले जनाएको छ । एक हजार रुपियाँ अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने  तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको  बैङ्कले जनाएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेडले गर्नेछ ।

89 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ