सरकारले यस पटकको दशैं तिहारमा पनि चिनी आयातमा ५० प्रतिशत छूट दिने भएको छ ।
सरकारका प्रवक्ता पृथ्वी एवं संचार तथा सूचना प्रविधिमन्त्री सुब्बा गुरुङका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट दिएर आयात स्विकृती दिने निर्णय गरिएको छ।
हाल चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भुक्तानी कर ५ प्रतिशत तिर्नुपर्छ ।
साझा अर्थ संवाददाता